रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि


सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् ।
फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको अभलअलमा च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे । रुपक ७० केजीमाथि पहलिो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । उनीहरुत्रयले प्रोटिन र मोबाइल पनि पाए ।
पुरुष फिजिक १६५ सेन्टीमिटर उचाईंमुनि सतंगुलका राजेश तामाङ र १६५ सेन्टीमिटर उचाईंमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए । दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए ।
शारीरिक सुगठनतर्फ सतुंगलका सूर्य थापा उत्कृष्ट पोजर बन्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए । एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए ।

Comment