आर्मी क्लब अर्को उपाधि यात्रामा


मेलम्चीमा जारी पुरुष भलीबल प्रतियोेगितामा त्रिभूूवन आर्मी क्लब, एपएिफ, योङस्टार र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ सेमिफाइनमा पुुगेका छन् । शुक्रबार भएको क्वार्टर फाइनलमा जित हात पार्दै चार टिमले सेमिफाइनलको यात्रा पक्का पारे । अब सेमिफाइनलमा आर्मीले योङस्टार संग खेल्नेछ भने एपएिफले पश्चिमाञ्चलसँग प्रतिष्पर्धा गर्नेछ ।
क्वार्टर फाइनलमा आर्मीले मेलम्ची नगरपालिका ८ लाई २५–१६, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा पक्का बनायो । अर्को खेलमा योङ स्टार क्लबले जुगल युथ हर्ट क्लबलाई ३–२ को प्रतिष्पर्धात्मक सेटमा पाखा लगायो ।
पहिलो सेटमा १९ –२५ ले गुमाएको योङ स्टारले दोस्रो र तेस्रो सेटमा २५–२० र २५–१८ को जित हात पा¥यो । चौथो सेटमा १८ –२२ ले पराजित भएपछि खेल पाँचौं सेटमा लम्बिएको थियो । प्रतिष्पर्धात्मक पाँचौं सेट २०–१८ ले आफ््नो पक्षमा पार्दै योङस्टारले आर्मीसँगको भेट पक्का ग¥यो ।
नमुुना युथ एक्टिभ ग्रुुपको आयोजना तथा मेलम्ची खानेपानी ह्योसिमेसको प्रायोजनमा संचालित प्रतियोगिता अन्तर्गत शुक्रबारै भएको अर्को क्वार्टर फाइनलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१३, २६–२४ र २५–१५ को सोझो सेटमा हरायो । यस्तै पश्चिमाञ्चलले थ्रीस्टार एकेडेमीलाई २५–९, २५–२२ र २५–२१ ले पराजित ग¥यो । प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलहरु शनिबार हुनेछ ।

Comment