गणेशमान सिंह स्मृती बुद्धीचालमा चार खेलाडीको संयुक्त अग्रता


फीडे मास्टर स्वागतम साकोसका रुपेस जयसवाल,पूर्व राष्ट्रिय च्याम्पियन अभिभादन साकोसका सुरबीर लामा, पूर्व रष्ट्रिय च्याम्पियन गोल्डेनगेटका केशब श्रेष्ठ र श्रेयंकार साकोसका सुमित पन्त गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगितामा अग्रस्थानमा रहेका छन् । बुधबार तेश्रो चरणको खेल सकिदा यी चारैै खेलाडीको तीन अंक छ । “दिगो विकास लक्ष्य प्राप्तीमा लागि सहकारी भन्ने मुल नाराका साथ जारी प्रतियोगिताको दोश्रो दिन रुपेसले नेसनल डेभ्लप्मेन्टका दिर्घराज जोशी र करुणामय साकोसका रबिन्द्र शाक्यलाई हराए । यसैगरी, सुरबिरले पायनियरका सुदिप तामाङ र गोल्डेनगेटका मदनकृष्ण कायस्थलाई हराए । यसैगरी, केशबले दोश्रो चरणमा हरिशचन्द्र चौलागाइ तथा तेश्रो चरणमा थापाथली चेस पार्कका सुमन लामालाइ हराए ।
ताम्रकार समाज भवनमा भइरहेको प्रतियोगितामा सुमितले दोश्रो चरणमा भेट्रान खेलाडी सिताराम अग्रवाल तथा तेश्रो चरणमा स्नेहा यादवलाइ हराए । अमृतकल्प बृक्ष साकोसका विलमलाल श्रेष्ठ, करुणामय साकोसका हर्सित श्रेष्ठ,मंकाढुकु साकोसका रिजेन्द« राजभण्डारी र गोल्डेनगेटका मिलन लामाको २.५ अंक छ । यसैगरी, श्रमजिवी साकोसका गणेश मान दुवाल, स्वागतम साकोसका क्षितिज भण्डारी, जिल्ला बहुउद्धेश्यीय सहकारी संघका विवेक थिङ, राजन पुरी र शुभलाभ बहुउद्धेश्यीय सहकारीका नबीन तण्डुकारको २.५ अंक छ । विवेकले दोश्रो चरणमा नेसनल डेभ्लपमेन्ट साकोसका राजेन्द्र श्रेष्ठलाई हराए भने तेश्रो चरणमा नबीनसंग बराबरी गरे । नबीनले दोश्रो चरणमा शुभकामना साकोसका दामोदर गाइजुलाई हराएका थिए । विलमले दोश्रो चरणमा मिलन लामासंग बराबरी गरे भने तेश्रो चरणमा केशब मानन्धरलाई हराए । यसैगरी, मिलनले अर्को चरणमा फीडे मास्टर अर्थ बहुउद्धेश्यीय साकोसका मनिष हमाललाइ पराजित गरे । हर्सितले दोश्रो चरणमा अन्नपूर्णका मोहम्मद अदनान अदिल तथा तेश्रो चरणमा कामना साकोसका बद्री लाल नेपालीसंगको खेलमा जित हात पारे । रिजेन्द्रले दोश्रो चरणमा अन्नपूर्णका दिपेन्द्र गमाल तथा तेश्रो चरणमा नेसनल डेभ्लपमेन्टका मणीराज डाँगीलाई हराए ।
दोश्रो चरणमा अबीरल राइलाई हराएका क्षितिजले तेश्रो चरणमा गणेशमानसंग बराबरी गरे । गणेशमानले दोश्रो चरणमा राजु तीमल्सीनालाई हराएका थिए ।

Comment