गोदावरी महोत्सबमा क्रेसेन्टको प्रभाव


दोश्रो गोदावरी नगर खेलकुद महोत्सब शनीबार सुरु भयो । पहिलो दिन गोदावरी टौखेलबाट नगरपालीका कार्यलयसम्म ३.४ किलोमिटरको रोडरेस सम्पन्न भयो । रेस अन्तरगतको पुरुष खुल्ला तर्फ गोदावरी ४ का बरुण थापा पहिले, गोदावरी ३का पिटर मोक्तान दोश्रो र गोदावरी १४ का राजश्री दाहाल तेश्रो भए । महिला खुल्ला तर्फ गोदावरी १४ का मालती सुनुवार पहिलो, गोदावरी १४ कै सुलोचना बुढा मगर दोश्रो र गोदावरी ३ का शिक्षा राउत तेश्रो भए ।
अन्तरविद्यालय पुरुष तर्फ क्रेसेन्ट स्कुलका सुबास तामाङ पहिलो, सेन्ट जेभियर्सका विजब बस्याल दोश्रो तथा किटीनीका सोरेन लीम्बु तेश्रो भए । महिला तर्फ क्रेसेन्टलेनै शिर्ष तीन स्थान हात पा¥ो ।सृष्टि तामाङ पहिलो, राजसो लामा दोश्रो र सदिक्षा आले मगर तेश्रो भए । प्रतियोगिताको प्रतिनिधी सभा सदस्य नवराज सिलवालले उद्घाटन गरे ।
उद्घाटन समारोहमा गोदावरी गावीसका पूर्व अध्यक्ष श्यामकृष्ण सिलवाल, गोदावरी नगरका खेलकुद प्रमुख तथा पूर्व राखेप सदस्य मुकुन्द पहरी तथा वडा नम्बर ३ का वडा अध्यक्ष् बालमुकुन्द घिमिरे लगायतको उपश्थिती थियो । गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा जारी महोत्सबमा रोडरेस सहित, चेस ,फुटबल, ह्यान्बडल, तेक्वान्दो, कराते, साइक्लीङ र ब्याडमिन्टन समाबेश रहेका छन् । महोत्सब २४ चैतमा सम्पन्न हुने कार्यक्रम संयोजक चिन लामाले जानकारी दिए ।

Comment