आयोजक टोलीको विजयी सुरुवात

मेलम्ची नगर युवा क्लबको आयोजनामा प्रथम जिल्ला ब्यापी खुल्ला मेयरकप भलीबल प्रतियोगिता बिहिबार मेलम्चीमा सुरु भयो । बिहिबार आयोजित कार्यक्रममा मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा मेलम्ची नगरपालीकाका उपमेयर भगवती नेपाल र पाचँपोखरी थाङपाल गाउँपालीकाका प्रमुख टासी लामा लगायतको उपस्थिती थियो । १८ चैतसम्म हुने प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १लाख, उपविजयी टोलीले ७५ हजार तथा तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष सानुबाबु गीरीले जानकारी दिए । पहिलो दिन भएको खेलमा आयोजक टोलीले कटुन्जे युवा क्लब, सिन्धुकोट युवा क्लबले मेलम्ची नगरपालीका वडानम्बर ११ तथा दुवाचौर सामुदायीक युवा क्लबले सिरिसे युवा क्लबलाई पराजित गरे ।

Comment