नविन लामाको ह्याट्रिक सहित एपीएफ क्वाटरफाईनलमा

तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब क्वाटर–फाईनलमा प्रवेश गरेको छ । बुटवलको रामनगर स्थित मानव ज्ञान माबिको मैदानमा भएको खेलमा एपीएफले रमपम झापा–११ लाई ४–२ गोल अन्तरमा हराउदै साबिक बिजेता सुनौलोे संगमसग क्वाटर फाईनलमा भेट पक्का गरेको छ । आईतवार भएको खेलमा रमपम झापा–११ का कर्ण लिम्बुले खेल प्रारम्भ भएको ५ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । एपीएफका रामकुमार कुमालले १८ औ मिनेटमा गोल गदै १–१ को बराबरीमा प¥याए । झापाका डिफेन्डर डिलेन लोक्तानले ३५ औं मिनेटमा डि–एरिया भित्र फल गरे पछि पाएको पेनाल्टी सुटलाई नविनले गोलमा परिणत गरे । झापाले दोश्रो हाफ पछि अर्को गोल गदै २–२ को बराबरी गरेको थियो । कर्ण लिम्बुको हेडपासलाई सदुपयोग गदै खमिर गिल्सन खन्डवाले ५७ औं मिनेटमा हेड गोल गरे । लामाले ६१ औं मिनेटमा गोल गदै टिमलाई पूनः ३–२ गोलको अग्रता दिलाए । उनैले ८९ औं मिनेटमा ह्याट्रिक गोल गदै टिमलाई ४–२ गोलको जित दिलाए । एपीएफको तर्फबाट ३ गोल गरेका नबिन म्यान अफ द म्याच चुनिए । उनलाई युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष
राजु गुरुङले १० हजार रुपैया बराबरको चेक हस्तान्तरण गरे ।
झापाका प्रशिक्षक प्रवेश कटवालले बढी आत्मबिश्वासका कारण खेल गुमाउनु परेको प्रतिक्रिया दिए । उनले भने हामीले पहिलो गोल गरे पछि इज्जी लियौं,त्यहिनै हरको मुख्य कारण बन्यो । पहिलो हाफमा पाएका अवसरहरु टिम स्प्रीट गुमाएका करण गोलमा परिणत गर्न सकेनौं ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले शुरुवात रिदम बिग्रीएका करण सुरुमा गोल खानु परेको धारण ब्यक्त गदै भने– हामी सग फास्ट खेल छ, उत्कृष्ट कमब्याक गर्ने क्षमता राख्छै । आजको परिणम पनि त्यस्तै हो । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेल आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी र नेपाल आर्मी बीच सोमवार हुनेछ ।

Comment