खेलकुद विखण्डन गर्ने शक्तिलाई परास्त गर्नु पर्ने

खेलकुदलाई विखण्डन गर्ने शक्तिलाई परास्त गर्दै खेलकुदको विकास गर्नु पर्ने माननिय साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बताएका छन् । श्रेष्ठले उक्त भनाई नेपाल खेलकुद महासंघले आयोजना गरेको वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना बारे छलफल तथा शुभकामना कार्यक्रममा राखेका हुन् । उनले खेलकुदको विकास गर्न कुनै पनि बाधा अड्चन हटाई विश्वब्यापी खेलकुदको मान्यताका आधारमा ऐन नीति नियमको निर्माण गर्नु पर्ने र त्यो जिम्मेवारी अहिले बनेको स्थिर सरकारको काँधमा आएको बताए । खेलकुदको माध्ययमलेनै राष्ट्र निर्माण गर्ने तर्फ अग्रसर हुनु पर्ने भन्दै अव त्यो कार्य पुरा हुने समय आएको बताए । श्रेष्ठले राष्ट्रकोनै गौरवको बिषय भएको ते¥हौ साग समयमा नै पुरा गर्न पूर्वाधार निर्माणलाई प्रमुख प्रार्थमिकताका राख्दै काम अगाडी बढाउनु पर्ने बताए । उनले दक्षिण एशियाली काउन्सिलको हेडक्वाटर काठमाण्डौमा निर्माण गर्न पहल हुने भन्दै यसका माध्ययमले नेपालमा खेलकुद विकासमा नयाँ फड्को मार्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रमका अधिकांश बक्ताहरुले राज्य संचालनमा आएका नेतृत्वले खेलकुदलाई बुझ्नु पर्ने, खेलकुद विकासका लागि ऐन, नीति नियममा परिमार्जन गर्दै खेलकुदको विकासमा अग्रसर हुनु पर्ने, विश्वमा परिचित गराउने खेलबाट विभिन्न क्षेत्रको विकासमा प्रर्याप्त सम्भावना रहेकोले सरकारी दृष्टिकोणम परिवर्तनल्र्या बजेटका बृद्धि गर्नु पर्ने र त्यसका सहि सदुपयोग गर्नु पर्ने, खेलाडी प्रशिक्षकलाई सुविधा प्रधान गर्दै पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र खेलकुदको माध्ययमले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला, नेपाल खेलकुद महासंघका महासचिव एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेपका सदस्य सचिव केशव कुमार बिष्ट, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा नव निर्वाचित सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठलाई सम्मान गरिएको थियो । मन्त्रिद्वय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकोमा क्याविनेट बैठकका कारण दुवै मन्त्रीहरुको उपस्थिती असम्भव भएको थियो ।

Comment