सुप क्षेत्रीय अध्यक्ष शाहीबाट पदबहाली


सुदुर पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति प्रदेश नम्बर०७ का नबनियुक्त अध्यक्ष लालबहादुर शाहीले सोमबार पदबहाली गरेका छन् । क्षेत्रीय रंगशाला कैलालीमा कार्यक्रममा उनले जिम्मेवारी ग्रहण गरेका हुन् । क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य गीत सोडारीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति कैलालीका पदाधिकारी तथा प्रशिक्षक , कंचनपुर जिल्लाका प्रशिक्षक , डडेल्धुरा जिल्ला खेलकुद बिकास समितिकाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले चैत महिनामा २ वटा प्रतियोगिता गर्ने निर्णय गरेको छ । कञ्चनपुर जिल्लामा ब्याडमिन्टन र कैलाली जिल्लामा ह्यान्डबल आयोजना गरिने अध्यक्ष शाहीले जानकारी दिए । राखेपको प्रतियोगिता आयोजना गर्ने कार्यक्रम अनुसार यस महिना यि दुईवटा प्रतियोगिता गर्न गईरहेको उनले बताए ।
प्रदेश नम्बर सातको खेलकुद क्षेत्रको समग्र बिकासका लागि समन्वय गरि सहकार्य गरी अगाडी बढनेछु साथै सम्पुर्ण खेलकुद प्रेमीलाई सहयोगको लागी समेत अपिल गरेक ाछन् । कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख प्रेम बहादुर मल्लले गरेका थिए ।

Comment