दिलिप स्मृति टिम च्याम्पियन , प्रशिक्षकको सम्मान


आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरमा भएको प्रतियोगितामा दिलिप स्मृतिले ७ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । २ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ ढल्को दोश्रो भयो । तेश्रो स्थानको कपनले २ स्वर्ण, १ रजत र ४ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा थ्री स्टारका सुरज सिन्तान तथा महिलामा दिलिप स्मृतिकी करुणा ढुंगाना उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर हरिप्रभा खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा तेक्वान्दो खेलाडी दिपेन्द्र कार्की र कपिल थापा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रमोद पराजुली तथा तेक्वान्दो प्रशिक्षक मनोज खड्गी, टोनिल कर्माचार्य र अर्जुनभक्त राईलगायतलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment