साजन र आस्ता उत्कृष्ट खेलाडी

केन्द्रीय डोजोका साजन थापा मगर पुरुष तथा हाडीगाउँ डोजोकी आस्ता लामा महिलातर्फ प्रथम राष्ट्रिय जुनियर कराते प्रतियोगितामा शुक्रबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २० केजीमा सुजल महर्जन, २५ केजीमा कुशल श्रेष्ठ, ३५ केजीमा साजन मगर, ४० केजीमा हिम्मत थापा तथा ४५ केजीमा अर्जुन थिङले स्वर्ण जिते ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघकी अध्यक्ष सन्जु महर्जनले जनाएकी छन् ।

Comment