पाको एनकेकेए काठमाडौंको नेतृत्वमा विशाल

काठमाडौं जिल्ला पाको नेपाल क्योकुशिन करातेमा विशाल राजभण्डारीको नेतृत्वमा १० सदस्यीय समिति निर्वाचित भएका छन् । सिनामंगलस्थित आयोजित काठमाडौं जिल्ला संघको निर्वाचनमा विशाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । पाको नेपाल क्योकुशिन कराते (एनकेकेए)संघका अध्यक्ष सन्जु महर्जनको प्रमुख आतिथ्य र काठमाडांै जिल्ला खेलकुद विकास समितिका सदस्य दीपा वनको रोवहरमा जिल्ला संघ गठन गरिएको थियो । जिल्लामा कार्य समितीका सबै सदस्य सर्वसम्मत चयन भएको संघको केन्द्रीय अध्यक्ष सन्जुले जानकारी दिइन् ।

समितिको उपाध्यक्षमा उपेन्द्रराज खत्री, सचिव अशोक श्रेष्ठ, सहसचिव प्रतिमा कार्की र कोषाध्यक्षमा आर्जु जोशी चयन भए । सदस्यमा अविना जोशी, रुवि डंगोल, रोमन तिवारी, आकाश श्रेष्ठ र सविन थापामगर पनि सर्वसम्मत चयन भए । नयाँ कार्यसमितिलाई संघका अध्यक्ष सन्जु महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । यो समितिको कार्यकाल ४ वर्षको रहने नवनिर्वाचित अध्यक्ष विशालले जानकारी दिए । नवनिर्वाचित समितिको पहिलो वैठकले छिट्टै राष्ट्रिय स्तरको प्रतियोगिताका गर्ने र विभिन्न विद्यालयमा यो खेल विस्तारको लागि काम गर्ने निर्णय पारित गरेको छ ।

Comment