विभिन्न खेलकर्मी सम्मानीत

halne photo edited
किरात राइ यायोख्खाको भातृसंघ नेपाल किरात खेलकुद संघले आइतबार विभिन्न खेल ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा महेन्द्र राइ, नन्दु राइ, सिता राइर्,  अर्जुन भक्त राइ र योगेश चाम्लींग राइ रहेका छन् । नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका कराते प्रशिक्षक महेन्द हाल राष्ट्रिय खेलकुद परिषद्को तालीम तथा प्रशिक्षण विभागमा उप निर्देशकको रुपमा कार्यरत छन् ।
उनको कार्यकालमा विद्यालय तहमा खेलकुदले भिन्न फड्को मार्ने अपेक्षा गरिएको छ । नन्दु पुराना पुस्ताका तेक्वान्दोकर्मी हुन् । खोटांग जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहेका अर्जुनले केही महिना अघि दक्षिण कोरियामा तेक्वान्दोको एडभान्स डिप्लोमा कोर्ष पुरा गरेका थिए । सिता राइ अन्तराष्ट्रिय पदकधारी करातेकर्मी हुन् भने योगेश कराते खेलमा महत्वपूर्ण योगदान पुर्याएका ब्यक्ति हुन् ।

Comment