आर्मी क्लब अर्को उपाधि नजीक

चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ उपाधिको लागि शिवम् न्यू डायमण्ड र विभागीय टिम एपीएफ भिड्ने भएका छन् । त्यस्तै, पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र आर्मीले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले विभागीय टिम नेपाल पुलिस क्लबलाई २५–२३, २१–२५, २५–१६ र २८–२६ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
महिलातर्फकै अर्को सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–११ र २५–१९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपालले पुलिस क्लबमाथी २५–२१, १४–२५, २५–२२, २२–२५ र १५–१२ को कठिन जित हात पार्दै फाइनलको यात्रा तय गरेको हो ।
पुरुषतर्फकै अर्को सेमिफाइनल खेलमा आर्मीले एपीएफ क्लबलाई २५–१८, २५–२१ र २७–२५ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १९ र ब्लकबाट १ स्कोर गरे ।

Comment