दिपकमा थप जिम्मेवारी महशुष


करातेको साहयक मुख्य प्रशिक्षक नियुक्त भए पछि प्रशिक्षक दिपक श्रेष्ठले आफूमा थप जिम्मेवारीको महशुष भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय टोलीका समेत प्रशिक्षक श्रेष्ठ हालै खेलकुद परिषद्बाट करातेको साहयक मुख्य प्रशिक्षक नियूक्र भएका हुन् ।
एपीएफलाई लामो समय राष्ट्रिय च्याम्पियनको ताज दिलाएका दिपक १० औ र ११ औ सागमा नेपाली टोलीका प्रशिक्षक थिए । उनले कुमुतेको प्रशिक्षण गराएको ११ औ सागमा सुनिल लामा, गंगा अधीकारी र बिनोद शाक्यले स्वर्ण पदक जितेका थिए ।

Comment