हामी एक दशकमै समृद्ध हुन सक्छौ ः श्रेष्ठ


बिनोद श्रेष्ठ , नेकपा एमालेका सल्लाहकार । मजदुर राजिनितीको पृष्ठभुमि बोकेका श्रेष्ठले विगतमा जीफन्टका कोशाध्यक्ष, महासचिव बरिष्ठ उपाध्यक्ष सहितको जिम्मेवारी पुरा गरि सकेका छन् । हाल उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्ष छन् । तीनै श्रेष्ठसंग गरिएको कुराकानीको सार संक्षेप ः
तपाइ मजदुर आन्दोलनको नेता कसरी खेलकुदमा लाग्नु भएको हो ?
म पहिले देखि नै खेलुकदमा सक्रिय थिए । भुमिगत कालमा हामीले श्रमिक स्पोर्ट्स क्लब गठन गरेर खेलकुद गतीबीधी सञ्चालन गरेका थियौ । यसबाटै हामीले श्रमिकहरुलाई संगठित गर्ने काम गर्ने गरेका थियौ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको काम त प्राज्ञिक काम गर्ने र अध्ययनकै काम अघि बढाउने भन्ने थियो, त्यस भन्दा अन्यत्र बढी सक्रिय रहेको आरोप छनी ?
त्यसो होइन , हामीले एकडेमीले नै गर्ने काम अध्ययन र अनुसन्धानका कामलाई अघि नबढाएको होइन । तर,जसरी खेलकुद प्रतियोगिता र अन्य गतीबीधीको प्रचार प्रसार हुने गरेको छ, खेलकुदका अध्ययन सम्बन्धी कार्यको प्रचार प्रसार नभएकाले धेरैलाई यो भ्रम परेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाइ त नेपाल खेलकुद महासंघमा नअटाएका पार्टीको एउटा गुटका ब्यक्तिको समुह भनीन्छ नी ?
त्यो लगाइने आरोप मात्र हो । एमालेको खेलकुद सम्बन्धी जनबर्गीय संगठन नेपाल खेलकुद महासंघ नै हो । हामा्र जनबर्गीय संगठन होइन । हामीले गुटगत गतीबीध पनि गरेका छैनौ । मदनभण्डारीको नामबाट स्थापना भएका कारण धेरैलाई एमालेको संगठन भएको लाग्न सक्छ । यो पार्टीको सग्.ठन होइन । नितान्त खेलकुद सम्बन्धी गतीबीधी सञ्चालन गर्न स्थापीत सस्था हो ।
स्थापनाको केही बर्षमा एकडेमीले खेलकुद महोत्सब पनि गर्ने गरेको थियो । जुन लोकप्रीय थिया्े, अहिले त्यो हराएको हो ?
हराएको होइन । स्वरुप फेरिएको हो । पहिले हामीले एउटै समयमा धेरै प्रतियोगिता आयोजना गरेका थियो । आर्थीक कारणले पनि यो कठिन भयो । अहिले हामीले स्वरुप फेरेका छौ । काठमाडौमा क्रिकेटका कार्यक्रम ग¥यौ । बुटवलमा दौड र भलीबल आयोजना ग¥यौ । नवलपरासीमा भलीबल प्रतियोगिता आयोजना ग¥यौ । पाल्पामा दृष्टिबिहिनको प्रतियोगिता आयोजना ग¥यौ । यसले के देखाउछ भने हाम्रो सक्रियता बढ्दो छ । सक्रियताको स्वरुप फेरिएको हो ।
अहिले खेलकुद क्षेत्रमा राजनिती हाबी भएको छ भन्ने छनी साँचो हो ?
खेलकुद क्षेत्रमा राजनिती हुनु हुदेन भनेर हामीले खबरदारी गरेका छौ । तर, रोक्न कठिन हुने रहेछ । खेल क्षेत्र विज्ञहरुले चलाउने हो भन्ने कुरामा हामी प्रस्ट छौ । राम्रा मान्छेलाई छाडेर हाम्रा मान्छे अगाल्ने परिपाटीले खेलकुदलाई तहस नहस पारेको साचो हो । खेलकुद क्षेत्रमा प्रतिस्पर्धाको आधारमा जो कोही अघि बढ्न सक्ने वातावरण बनाउनु हाम्रो उद्धेश्य हो ।
अध्यक्षको रुपमा पहिले कार्यकाललाई कसरी लिनु भएको छ ?
सन्तुष्छ छौ । टिमले साथ दिएको छ । सोच बनाए अनुसार कति काम त भएन । किनक िबजेट अभावले नै हामीलार्इै समस्यामा पा¥यौ । स्वयसेवा भएका कारण सबै समयमा सबै साथीहरु जुट्न पनि कठिन हुने रहेछ । तथापी राम्रो प्रयास गरेका छौ । हामी यसमा सन्तुष्ट छौ ।
अन्त्यमा खेलकर्मीलाई केही भन्नु हुन्छकी ?
नेपालमा अब राजनितीक एजेन्डा सकिएको छ । अबको साझा एजेन्डा भनेको समृद्धीको एजेन्डा हो । समृद्धीका लागि खेलकुद महत्वपूर्ण पाटो हुन सक्छ । खेलकुद र पर्यटनलाई अघि बढाए यसले देशको समृद्धीलाई पनि अघि बढाउन सकिन्छ । एक दशक यो क्षेत्रमा इमान्दारी पूर्वक लाग्ने हो भने हाम्रो भिन्नै परिचय र चिनारी हुन सक्छ जस्तो लाग्छ ।

Comment