भलु भैरव जिमको शाखा ललितपुरमा


स्वस्थ नागरिक, स्वस्थ राष्ट्र भन्ने नाराका साथ पुरानो नैकापमा मुख्य कार्यालय रहेको भलु भैरव जिमको शाखा ललितपुर सातदोवाटोमा शनिबार बाट संचालनमा आएको छ । एक कार्यक्रमका विच नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक सर्वेन्द्र खनालले उक्त शाखाको उद्घाटन गरे ।
१ करोड ५० लाखको लागतमा अत्याधुनिक शारिरीक सुगठनका सामाग्रीहरुले सुसज्जित शाखा जिमखानाको स्थापनाले ललितपुरमा स्वस्थ नागरिकका साथै शारिरीक सुगठित खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने संचालक जीवन गिरीले जानकारी गराए ।
स्वस्थ नागरिक उत्पादन गर्नु र जनमानसमा स्वास्थ्य प्रति जागरुक बनाउंदै स्वस्थ राष्ट्र निर्माण गर्ने उद्धेश्यले भलुभैरव जिमखानाको शाखा स्थापना गरेको जिमखानाका संचालक तथा धर्मश्री जीवन गिरीले बताए ।
आफ्नो स्वास्थ्य प्रति जागरुक नागरिकहरुले स्वस्थ रहनुका साथै शरिरलाई आकर्षक बनाउने क्रममा बृद्धि हुन थाले पछि शारिरीक सुगठनका यस्ता जिमखानाहरुको पनि बृद्धि हुन थालेको छ ।
नेपालमा जिमखानाको पहिलो संस्था भनेको ज्याठास्थित ब्यायाम मन्दिर हो । जसले तन्दुरुस्त धेरै नागरिक उत्पादन गर्नुका साथै उनीहरुविच स्वच्छ प्रतिस्पर्धा गर्ने उ शहिद तथा शारिरीक सुगठनका अग्रज धर्मभक्तको नाममा सवै भन्दा सम्मानित प्रतियोगिता धर्मश्री आयोजना गर्दै आईरहेको छ ।

Comment