मध्यमाञ्चल र एपीएफ सेमीफाईनलमा

तस्बिर सौजन्य ः नेखपम कैलाली

धनगढी । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विभागीय टीम एफिएफ र मध्यमाञ्चल सेमिफाईनलमा पुगेका छन । बिहिबार भएका खेलमा जित हात पार्दै दुवै टीम अन्तिम चारमा पुगेका हुन । पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगितावाट वाहिरिएसँगै घरेलु टोली सुदुरपश्चिम पनि खेलेको एकमा जित हात पारेका कारण सेमिफाईनल पुगेको छ ।
विहीवारको पहिलो खेलमा समुह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजीत गर्दै अन्तीम चार सम्मको यात्रा तय गरेको हो । टह हारेर व्याटीङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय १३ रन बनायो । मध्यमाञ्चलका लागी सिता श्रेष्ठले ४५ बलमा ४९ रन बनाईन । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिईन् । २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चनर र सिताको ८२ रनको साझेदारीले सम्हालेको थियो । बलीङमा पश्चिमाञ्चलकी कप्तान बर्षा रानााले १ विकेट लिईन् ।
१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २÷२ विकेट लिईने भने २ जना रन आउट भएका थिए । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् ।
पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जिले सेमीफाईनलमा पुगेको छ । समुह विजेताका लागि अव सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले  प्रतिस्पर्धा गर्नेछन ।

विहीवारको दोश्रो खेलमा समुह वि मा रहेको एपीएफले पुर्वाञ्चललाई ४ विकेटले पराजीत गर्दै अन्तीम चारमा स्थान सुरक्षीत बनाएको छ । टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै ६४ रन मात्रै बनाउन सक्यो । पुर्वाञ्चलका लागी कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । क्षेत्री पहिलो पारीको अन्तीम बलमा स्टम्पीङ आउट भईन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।
६५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातका विच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । एपिएफले १५ दशमलव ५ ओभरमा ६ विकेट क्षतिमा लक्ष्य भेटायो । पुर्वाञ्चलकी कप्तान क्षेत्रीको कसीलो बलीङका अगाडी एपीएफको पारी धरमराएको थियो । ७ रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुण भण्डारी र ममता चौधरीले छैठौ विकेटका लागी २२ रनको साझेदारी गरी सम्हालेकी थिईन् । सातौ विकेटका लागी भण्डारीसंग ईन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफले जित दर्ता गर्न सफल भएको हो । भण्डारी, चौधरी र बर्माले समान १६÷१६ रनको योगदान दिईन् । पुर्वाञ्चलकी रुवीना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भईन् ।
प्रतियोगीता अन्तरगत शुक्रवार पहिलो खेल पुर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेल सुदुरपश्चिम र मध्यमाञ्चल विच हुने छ । पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमीफाईनलमा स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

Comment