सबैको सहयोगले तयारी राम्रो भएको छ ः वाइवा


नेपाल अइकिडो क्योकुसीन काइकानको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल समुह तथा महिला खुला क्योकुसीन काइकान फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबार र शनीबार हुदै छ । फुलकन्ट्याक्टमा २१ बर्ष विताएका आयोजक सस्थाका ब्रान्चचिफ वाइवा यसै प्रतियोगिताको तयारीमा ब्यस्त रहेका छन् । पहिलो ब्रान्चचिफ भएका मकवानपुरका स्थायी बासीन्दा वाइवा खेलाडीको रुपमा रहदा क्योकसीनका राम्रा खेलाडी पनि थिए । प्रतियोगिताको तयारीको बारे वाइवासंग भएको वार्ताको सार संक्षेप

यत्ति महत्वपूर्ण जिम्मेवारी सहित आयोजनामा ब्यस्त हुनु हुन्छ । कस्तो महशुष भएको छ ?
आयोजनाको काम एकदम कठिन महशुष भएको छ । आफू खेल्दाको भन्दा एकदम कठिन ।कराते खेल्दा च्याम्पियन हुदा भन्दा अहिले आयोजना गर्दा गाहे हुदो रहेछ । तर, सबै साथीहरुको सहयोगले तयारी अघि बढी रहेको छ ।
कति टोलीको खेलाडीको सहभागिता रहेको छ ?
सात प्रदेशका १५ जिल्ला सहभागि छन् । यीनीहरुले ६ इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको तयारीमा टिमको भुमिका कस्तो पाउनु भयो ?
धेरै सहयोगी भुमिका रह््यो । संघ अध्यक्ष राजु थापा, चौथौ डान अमर राइ र सपन कुमार सुनुवार सहितको टिमको एकदमै सक्रिय भुमिका रहेको छ । सिहान जगत गौचन, एसियाका ब्रान्चचिफ पिटर जोंग ,फीलीपीन्सका ब्रान्चचिफ स्टिफन फु लगायतको शुभेच्छा रहेको छ । क्याकुसिन बुदोकाइका राजेन्द्र सुबेदीको पनि शुभेच्छा छ । धेरै जनाको सहयोग छ । राम्रो टिममा काम गर्न पाएको छु ।सबैको सहयोगले तयारी राम्रो भएको छ ।
शुभेच्छुक र सहकर्मीलाई केही भन्नु हुन्छ की ?
संघ गठन भए पछिको यो हाम्रो महत्वपूर्ण कार्यक्रम हो । यसलाई सफल पार्न सहयोग गर्नु हुन सबैलाइ अनुरोध गर्दछु ।

Comment