खड्का र विष्टको सम्मान


प्रजातन्त्र दिवसको अवसरमा ओलम्पियन तेक्वान्दो खेलाडी दिपक बिष्ट र नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान हरि खड्कालाइ नेपाली प्रवासी सितोरियो कराते संघ र नेपाली सुदुर पश्चिम सेवा समाजले सम्मान गरेको छ । क्वालालम्पुरको उग्रतारा रेस्टुरेन्टमा भएको सम्मान कार्यक्रममा कार्यक्रममा बोल्दै खड्काले आफूहरुलाई सम्मानित गर्ने सस्था र संघलाई धन्यवाद दिए । कार्यक्रममा बोल्ने क्रममा बिष्टले समाजिक सस्थाले प्रवासमा रहेको खेलाडीहरुलाइ सहयोग गर्नु पर्नेमा जोड दिए ।
एनआरएनए मलेशियाका कोषाध्यक्ष राजु शर्माले मलेशिया बसेर देशको निमित्त खेलकुद बाट पदक हासिल गर्ने खेलाडी तथा संघलाई मलेशियाले जहिले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै कराते संघका अध्यक्ष योगेन्द्र कोइरालाले .हामिलाइ मलेशियाको संघ,सस्थाबाट केही सहयोग भए देशको प्रतिनिधित्व गर्दै अझै राम्रो काम गर्ने बताए । कार्यक्रममा सुदुर पश्चिमका बरिस्ठ उपाध्यक्ष समीर मल्ल र कराते संघका अध्यक्ष योगेन्द्र कोइराला दुवैको सभापतित्वमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए मलेसियाका उपाध्यक्ष टेक बहादुर धिक्त थिए । अतिथिमा सुदुर पश्चिम सेवा समाजका प्रमुख सल्लाहकार टेक बुढा, एनआरएनए मलेसियाका कोषध्यक्ष राजु शर्मा , एएफसीका प्रतिनिधि पुरस्वतम कट्टेल, नेपाली प्रवसी सितोरियो कराते संघका सहसचीव भिम बहादुर महर, अन्तराष्ट्रिय कराते खेलाडी तुलाराम धामी, पुर्ब भलिबल खेलाडी केवल राई र तेक्वान्दो सिनियर प्रशिक्षक केशव भट्टको उपस्तिथि थियो ।

Comment