एभीएम टिम च्याम्पियन

आर्दश विद्या मन्दिर (एभीएम) तेश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ । एभीएम सर्वाधिक २५ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।
आरुणी स्कुलद्वारा आयोजित प्रतियोगितामा विजेश्वरी १६ अंकसाथ दोश्रो भयो । १२ अंक जोडेको आयोजक आरुणीले तेश्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको अन्तिम दिन यु–१६ ब्वाइज सिंगल्समा एभीएमका संयोग कपाली पहिलो र विजेश्वरीका सुजन खड्का दोश्रो भए । यु–१४ ब्वाइज सिंगल्समा विजेश्वरीका विशाल गोलेले स्वर्ण र आरुणीका क्षितिज खनालले रजत जिते ।
ब्वाइज टिम इभेन्टमा एभीएम प्रथम र आरुणी द्वितिय भए । ब्वाइज डबल्समा एभीएमका संयोग कपाली र विशाल गोलको जोडी पहिलो तथा कान्पिुरका मुस्कान लिम्बू र तिलक भट्टराईको जोडी दोश्रो भए ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, महासचिव शंकर गौतम, राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ, नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका ६ सय ८० खेलाडीले १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Comment