पश्चिम बाग्लुंङका अर्का एक मासर्लआर्टीस्टको कथा


मार्सल आर्टको प्रभावमा खेलकुदमा सान जोगीएको देश नेपाल । नेपाली खेलकुदको साख जत्ति जोगीएको छ, साय त्यो धेरैहदसम्म मार्सल आर्टीस्कै कारण हो । यी अनेकौ मार्सल आर्टका विधा मध्य अन्तराष्ट्रिय जगतमा नेपालको सबैभन्दा बढी सान रहेको विधा आइटीएफ तेक्वान्दो । प्रतियोगिता आयोजना, प्रतियोगितामा सहभागिता र अन्तराष्ट्रिय प्रतियोगितामा राखेको यो खेलले गजवबकै सान राखेको छ । यसरी सान राख्ने धेरै नाम छन्, तर यस पटक चर्चा आकास चन्द« घर्ती मगरको ।
नेपाली आइटीएफको विकासक्रममा ढोरपाटन क्षेत्रको आफ्नो भुमिका र योगदान छ । पश्चिम बाग्लुङ देखि पाल्पासम्म आइटीएफको उर्बर भुमि । जत्तिखेर नेपालमा आइटीएफको विकासक्रम अघि बढ्दै थियो, गुल्मीका कृष्ण बहादुर बलालको नेतृत्वदायी भुमिका महत्वपूर्ण रह््यो । त्यसै समयमा प्रसासकीय क्षेत्रमा यसै पश्चिम बाग्लुङका गीरी बहादुर बुढाथोकीले महासचिवको जिम्मेवारी सम्हाल्दै नेपालमा आइटीएफको विकासक्रमको अघि बढाए ।
डेढ दशक अघि त्यो भुमिकामा रहेको बाग्लुङ आइटीएफ सबै क्षेत्रमा अब्बल देखियो । प्रतियोगिता आयोजनाको हकमा प्रोफेसनल आइटीएफ बाग्लुङमा लगातार दोश्रो पटक आयोजना भयो । यसै बर्ष सम्पन्न प्रोफेसनल आइटीएफ त युवा जमातको सक्रियताकै कारण सम्भब भएको थियो । तीनै मध्यमा एक युवा हुन्, आकाश ।
खेलाडीको रुपमा नेपाल आइटीएफबाट पाएको सम्मान र अवार्ड नै उनको उत्कृष्टता मापनका लागि पर्याप्त हुने छ । सन् २०१६ मा आइटीएफले १९ औ बर्ष गाँठ मनाउदा आकास २०१५ मा उत्कृष्ट खेलाडी घोषित भएका थिए । सन् २०१४ मा बुर्तीबांगमा भएको जनरल चोइ स्मृती च्याम्पियनसीपको दौरान राष्ट्रिय ब्ल्याकबेल्ट कमिटी आइटीएफले आकाशलाई ब्ल्याकबेल्ट हिरो अफ द इयर घोषित गरेको थियो ।
राष्ट्रिय स्तरमा उनका अनेकौ सफलता छन् । सन् २०१३ मा पाल्पामा भएको आठौ जनरल चोइ स्मृती राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपबाट उनको सफलताका दिन सुरु भएका थिए । त्यहाँ स्वर्ण पदक पाएका उनले सन् २०१५ मा बुर्तीबांगमा भएको यसैको नवौ सस्करणमा दुइ स्वर्ण पदक जिते । सन् २०१४ मा नेपालगञ्जमा भएको १३ औ राष्ट्रिय च्याम्पियनसीपमा उनले दुइ स्वर्ण र दुइ रजत पदक जितेका थिए । यसको एक बर्ष पछि काभ्रेमा भएको अर्को सस्करणमा स्वर्ण जितेका उनी नुवाकोटमा भएको १५ औ सस्करणमा रजतमा सिमित भएका थिए ।
उनको अन्तराष्ट्रिय सफलता पनि सन् १९१४ र १५ मा बढी रह्यो । काठमाडौंमा भएको मार्सल आर्ट फेस्टीबल र सातौ एसियन तेक्वान्दो च्याम्पियनसीपका काश्य विजेता आकास गोवामा भएको दक्षिण एसियाली च्याम्पियनसीपमा एक स्वर्ण, एक रजत र एक काश्य जित्न सफल भए । उनकी गोवाको सफलतानै खेल जिवनको सबैभन्दा महत्वपूर्ण क्षण मान्छन् । पछिल्ला दुइ बर्ष भने उनी रेफ्रिकै रुपमा बढी सक्रिय छन् । २२ बर्षे यीनको सिंगो खेल जिवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कम उमेरमा देखिएको परिपक्वता नै हो । रेफ्रि देखि आयोजना समेतमा देखिएको सक्रियताले यसलाई पुष्टि गरिसकेको छ ।

Comment