नेवा पुचबाट कुशलको सम्मान


नेवा पुच ः युएईले १०औं सागका स्वर्ण पदक बिजेता तथा राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ सम्मान गरेको छ । पुचःका उपाध्यक्ष राजेश प्रधानको सभापतीत्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य पुचःका संरक्षक प्रमोद श्रेष्ठुले युएईमा रहेका नेवार समुदायको प्रतिनिधित्व गर्दै सम्मान गर्न पाउदा खुसी ब्यक्त गरे ।
यसैगरी पुचःका केन्द्रिय सदस्य तथा एभरेस्ट मार्शल आर्ट्सका सल्लाहकार हिरा लाल श्रेष्ठले पनि शुभकामना दिए । सभापति तथा कार्यक्रम संयोजक राजेशले पनि श्रेष्ठको सफलताकोे कामना गरे । कार्यक्रमको संचालन पुचःका केन्द्रिय सदस्य तथा खेलकुद प्रमुख रबि शाहीले गरेका थिए । कार्यक्रम काठमाडौं प्यालेस रेस्टुरेन्टमा भएको थियो ।

Comment