नेरिकलाई दोहोरो उपाधि

nerik 2

आयोजक नेरिक एकेडेमीले चौथो नेरिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । दोहोरो उपाधि जितेको नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । अघिल्लो संस्करणमा पनि नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा पहिलो भएको थियो ।
शंखमूलस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा नेरिकले ग्रिनफिल्डलाई ३६–२४ ले पराजित ग¥यो । विजयी टिमका लागि अंकित भण्डारीले ११ अंक जोडे ।
अन्तिम तथा चौथो क्वाटरमा ६–९ ले पछि परेको नेरिक बाँकीमा भने अगाडि रह्यो । नेरिकले पहिलोमा १४–१०, दोश्रोमा ११–२ र तेश्रोमा ५–२ को अग्रता लियो ।
जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिकले ज्ञाननिकेतनलाई ४४–३२ ले हरायो । नेरिकको जितमा क्रिजन पन्तले १६ अंक योगदान गरे । पहिलो क्वाटरमा ९–१० ले पछि परेको नेरिकले दोश्रोमा १४–६ को अग्रता बनायो । नेरिकले तेश्रोमा १२ र चौथोमा ९ अंक जोड्दा दुवैमा ज्ञाननिकेतनले समान ६–६ स्कोर ग¥यो ।
‘मोस्ट भेलुएबल प्लेयर’ को दुवै विधाको उपाधि पनि नेरिककै पोल्टमा गयो । सिनियरमा दीपेन्द्र भण्डारी र जुनियरमा असिम भण्डारी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियरमा एम्बासडर र जुनियरमा ग्रिनफिल्डले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई प्रा.डा. होमबहादुर बडुवाल, नेरिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रशान्त ढकाल, नेरिकका भाइस प्रिन्सिपल मन खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तीन वर्षको अवधिभित्र विभिन्न अन्तरविद्यालयको सिनियर र जुनियर ब्वाइजमा समग्रमा ४५ उपाधि जिताउन सफल भएकोमा नेरिकका बास्केटबल प्रशिक्षक सागर गिरीलाई सम्मान गरिएको थियो । त्यस्तै नेरिकबाट खेल्ने क्रममा उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेरिकका पूर्व विद्यार्थी एवं वर्तमान खेलाडी अंकित भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
माघ ४ गतेदेखि सुरु प्रतियोगिताको सियिनरमा १६ र जुनियरमा १२ गरी जम्मा २८ ब्वाइज टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment