जर्मनीमा नेपाली खेलाडीको सानदार प्रदर्शन


जर्मनमा सम्पन्न बर्लीन ओपन कराते च्याम्पियनसीपमा नेपाली खेलाडीले सानदार प्रदर्शन गरेका छन् । नेपाली खेलाडी अनु अधीकारी, मल्लीका थापा र मुकुन्द्र मर्हजन रहे भने मन्डेकाजी श्रेष्ठले काश्य पदक पाए ।
कुमुतेको महिला ५० किलोमा अनु अधिकारीले क्वाटर फाईनलमा युक्रेनी खेलाडीलाई २–१ तथा सेमिफाइनलमा ग्रीसकी खेलाडीलाई ७–३ले पराजित गरिन् ।  फाइनलमा आयोजक जर्मन खेलाडीलाई उनले  ८–० ले पराजित गरेकी हुन् । ५५ किलोमा मलिकाले क्वाटरफाइनलमा पोल्यान्ड का खेलाडीलाई २–० , सेमिफाइनलमा युक्रेनकी खेलाडीलाई ५–२ , तथा फाईनलमा जर्मनकी खेलाडीलाई २–१ ले पराजित गिरिन् ।
६७ किलोमा मुकुन्द्रले क्वाटर फाइनलमा जर्मन खेलाडीलाई ६–० , सेमिफाइनलमा पोल्यान्डका खेलाडीलाई हराएका उनले फाईनलमा युक्रेनका खेलाडीलाई १ –० ले पराजित गरे । एकल कातामा मन्डे क्वाटरफाइनलमा आयोजक जर्मन खेलाडीसंग ३–२ ले पराजित भए पनि रिपाचे बाटउटमा युक्रेनका खेलाडी लाई ४–१ ले हराउदै कास्य पदक जित्न सफल भए ।

Comment