ओत्सुका कपमा ललितपुर च्याम्पियन


प्रथम ओत्सुका कप राष्ट्रिय वादो कराते प्रतियोगितामा ८ स्वर्ण ६ रजत र १२ कास्य सहित ललितपुर जिल्ला टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौं जिल्लाले ६ स्वर्ण ८ रजत र ६ कास्य सहित टिम दोस्रो र ४ स्वर्ण,२ रजत र ६ कास्य सहित टिम मकवानपुर तेस्रो हुन सफल भएको छ । आइडब्लुएफएन कराते डो संघ ठैब शाखाडोजोको आयोजनामा र ब्लु बर्ड स्कुल ठैबको सह आयोजनमा भएको प्रतियोगितामा १४ जिल्लाका ३१४ खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा महिला तर्फ काठमाडौ जिल्लाका पुर्णिमा राना मगर र पुरुष तर्फ ललितपुरका सोनम थिङ उत्कृष्ट खेलाडी हुन सफल भए भने ललितपुरका पुष्पराज नेगी र काठमाडौका आकृषा सापकोटा उदयमान खेलाडी भए । प्रतियोगितामा समापन समारोह प्रमुख अथिति आइडब्लुएफएन कराते डो संघका केन्द्रीय अध्यक्ष एवं ३ नं. प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, विशेष अतिथि नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे लगायतका अथितिहरुबाट विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे
। कार्यक्रममा उक्त कराते संघका केन्द्रीय अध्यक्ष  लक्ष्मण लम्साल र विशेष अतिथि पुरेन्द्र विक्रम लाखे सहित आइडब्लुएफएन करातेका विभिन्न डोजो सञ्चालके प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।

Comment