नेपाली करातेकर्मीको सम्मान


मार्सल आर्ट ट्रेनिङ सेन्टर एनआरएनए युएइको संयुक्त आयोजनामा नेपालका कराते खेलाडीलाई सम्मान गरियो । सम्मानीत हुनेमा प्रीमीयर वान कराते लिगका निर्णायक तथा कोच एक्रीडेसनमा सफलता पाएका प्रकास मोहन धौवडेल र राष्ट्रिय टोलीका कराते प्रशिक्षक कुशल श्रेष्ठ हे । साथै अमेरिकाबाट आएका छैठौ डान रामचन्द्र केसी पनि सम्मानीत भए । नेपालबाट युएइ पुगेका अरबिन्द पोदार र सुरज तामाङ पनि सम्मानीत भए । कार्यक्रममा एभरेस्ट मार्सल आर्टका प्राबीधीक निर्देशक रबि शाही,एनआरएन युउइका अध्यक्ष रमेस श्रेष्ठ, एनअराएन युएइका सदस्य समिन खान र एनआरएन आइसीसीका र एभरेस्ट मार्सल आर्टका सल्लाहकार मनोज गोर्खालीको पनि उपश्थिती थियो ।
यसैगरी, एनआरएनए आरसीसी दुबइका अध्यक्ष तथा एभरेस्ट मार्सल आर्टका उपाध्यक्ष मदन अधीकारी,एनआरएनए दुबइका कोशाध्यक्ष अनील श्रेष्ठ,एभरेस्ट मार्सल आर्टका सचिव पूर्णभक्त लामा,कोशाध्यक्ष परशुराम घिमिरे,सदस्य भानुभक्त पौडेल र पत्रकार सुबास शर्मा लगायतको उपश्थिती थियो । कार्यक्रमको संयोजन रबि शाहीले गरेका थिए ।

Comment