एन्फा अध्यक्षमा मणी कुँबरको उम्मेदवारी घोषणा


हाल बरिष्ठ उपाध्यक्ष रहेका मणी कुँवरले शुक्रबार अखिल नेपाल फुटबल संघ( एन्फा )मा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले आफू उम्मेदवारी नदिने र कुँवरलाई समर्थन गर्ने जनाएका छन् भने हालका महासचिव धिरेन्द्र प्रधान र कोशाध्यक्ष विराट जग शाही कुबँरको पक्षमा रहेका छन् । १५ महिना अघि तत्कालिन अध्यक्ष गणेश थापामाथि फिफाले १० वर्षको प्रतिबन्ध लगाएपछि रिक्त पदका लागि भएको निर्वाचनमा श्रेष्ठ अध्यक्ष तथा कुँवर उपाध्यक्ष पदमा निर्वा्चित भएका थिए ।
वर्तमान अध्यक्ष श्रेष्ठसँगै २४ जिल्ला, रेफ्री, प्रशिक्षक संघसहित क्लबहरुको पनि आफूलाई समर्थन रहेको कुँवर पक्षको दाबी छ । ‘हाम्रो ऐक्यवद्धताः स्वयम परिवर्तन सहित सामूहिक नेतृत्वको प्रतिबद्धता’ नारा दिइएको उनको घोषणा सभामा बर्तमान अध्यक्ष श्रेष्ठले पारिवारिक कारणले आफूले उम्मेदवारी नदिएको बताउँदै हालसम्म एन्फामा कुनै सुविधा नलिई खटिएका युवा कुँवरलाई समर्थन गर्न आग्रह गरे ।
२०५१ सालमा ब्वाइज यूनियन क्लब मार्फत नेपाली फुटबलमा प्रवेश गरेका कुँवरले आफूले अनुभति हुने गरि र देखिने गरि काम गर्न एन्फाको अध्यक्षमा पदमा उम्मेदवारी दिएको बताए ।

Comment