नेपाली टोली भारत जादै


मुम्बइमा १८ फेब्रुअरी देखि हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली बिहिबार त्यसतर्फ प्रश्थान गर्दै छ । प्रतियोगितामा नेपालको तर्फबाट चाइल्डरिच नेपाल र गो स्पोर्ट्सको टोली सहभागि हुन लागेको हो । भारतको स्लम सकरको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, भारत, भुटान र श्रीलंकाका टोलीको सहभागिता रहने छ ।
टोलीलाई बुधबार ललीतपुर जिल्ला फुटबल संघले विदाइ कार्यक्रम आयोजना ग¥यो । जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले टोलीको सफलताका लागि शुभकामना दिए । टोलीलाई ललीतपुर जिल्ला फुटबल संघले जर्सी वितरण गरेको छ । ललीतपुर जिल्ला फुटबल संघका सचिव शीशीर विक्रम हमालले ट्रयाकसुट वितरण गरे । जिल्ला फुटबल संघका उपाध्यक्ष सहदेव ब्यञ्जनकारले थेरा ब्यान्ड प्रदान गरे । यसैगरी,गो स्पोर्ट्सले खेलाडीका लागि ५० हजार रुपैया प्रदान गरेको छ ।

Comment