शुक्रबार र शनीबार कराते हुने


आइडब्लुएफएन कराते डो संघ, ठैब शाखा डोजाको आयोजना तथा ब्लुबर्ड स्कुलको सहआयोजनामा प्रथम ओत्सुकाकप राष्ट्रिय वादो कराते प्रतियोगिता शुक्रबार र शनीबार ललीतपुरमा हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा ठैबस्थित ब्लुबर्ड स्कुलमा हुने प्रतियोगितामा ३१४ जना खेलाडीले ३२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिइयो । प्रतियोगितामा १४ जिल्लाका खेलाडीको सहभागिता रहने छ । ब्लुबर्ड विद्यालयका प्रीन्सीपल सुर्यकृष्ण श्रेष्ठले आयोजक कमिटीले नैे खाना र मोफसलका टोलीलाई आवासको ब्यबस्था गरेको जानकारी दिए । प्रतियोगिताको अनुमानीत लागत ७ लाख ४० हजार रहेको छ ।

Comment