रेडिअन्ट र स्काइलार्क फाइनलमा

रेडिअन्ट र स्काइलार्क सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
रेडिअन्टले डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक निम्सलाई ५१–४९ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुजन थपलियाले २० अंक योगदान गरे । सुनील मगरको २० अंक सहयोगमा स्काइलार्कले लभ्ली एन्जललाई ५०–२० ले हरायो ।
गल्र्समा डिफेन्डिङ च्याम्पियन निम्स र श्रीदिवा उपाधिका लागि भिड्ने छन् । निम्सले चाँदबागलाई २५–१० ले पाखा लगायो । निम्सकी डोल्मा शेर्पाले १० स्कोर गरिन् । श्रीदिवाले सिद्धार्थ बनस्थलीको यात्रा ३५–२० ले पूर्णविराम लगायो । श्रीदिवाकी छेवाङ शेर्पाले १५ अंक जोडिन् ।
Comment