नेपाललाई १३ स्वर्ण

नेपालले १० औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार सर्वाधिक १३ स्वर्ण जितेको छ ।
नेपाल सोतोकान कराते डो संघद्वारा आयोजित प्रतियोगितामा भारतले ७ स्वर्ण तथा पाकिस्तानले २ स्वर्ण जितेको आयोजक संघका उपाध्यक्ष निवासगोपाल वैद्यले जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Comment