ट्रान्सफास्टलाई भलिबल उपाधि


कास्की आदर्श सेवा समाजको चौथो वार्षीक उत्सवको अवसरमा आयोजना गरीएको प्रथम आईएमइ रीया कप २०१८ भलिवल प्रतियोगीता दुवईस्थित अलकुज वलिदीया मैदानमा सम्पन्न भयो । प्रतियोगितामा १७ भलीवल टोलीको सहभागिता थियो । प्रतियोगितामा ट्रान्सफास्ट टीम फाइनलमा कालिगण्डकी टीमलाई हराउदै उपाधि जित्न सफल भयो ।
सेमी फाईनलमा ट्रान्सफास्टले स्याङ्जा वाल्ङ तथा कालिगण्डकीले पाल्पा समाजलाई पराजीत गरी फाईनलको यात्रा तय गरेका हुन् । उपाधि हात पार्न सफल टिममा पुर्व राष्ट्रीय खेलाडीहरु प्रेम भण्डारी, प्रेम शाही, ईश्वर घमालका साथमा उदयीमान खेलाडी डायमण्ड वस्नेत र खुशी चौधरीे समाबेश थिए । कालीगण्डकीमा भने नबप्रतिभासाली खेलाडीको उपश्थिती थियो । उपाधि सहित ट्रान्सफास्टले २५सय दीह्राम। सहित ट्रफी, पदक र गीफ्ट ह्याम्पर पायो । उपविजयी कालीगण्डकी टिमले १ हजार ७ सय ५० दिह्राम सहित ट्रफी र मेडल हात पा¥यो ।
प्रतियोगिताको दौरान कुण्डल सिंह, श्याम गुरुङ, प्रकाश गुरुङ, हीरा लाल श्रेष्ठ, ईश्वर घमाल, प्रेम भण्डारी, प्रेम शाही, विष्णु श्रेष्ठ, देव श्रेष्ठ, अमृत गुरुङ, शन्तोष गुरुङ र देव लिम्वुले रेफ्रिको भुमिका निवार्ह गर्नुका साथै प्राबीधीक सहयोग गरेका थिए ।
टिम सहकार्य र अनुभव नै आफ्नो टोलीको जितको आधार भएको विजय टोलीका मेनेजर वद्री कटुवालले प्रतिक्रिया दिए । उनले आयोजक कास्की आदर्श समाज र मुख्य प्रायोजक आईएमी रीयाको भुमिका महत्वपूर्ण भएको बताए । उनले प्रथम भलीवल कपका जीसीसी प्रमुख सरोज वस्नेत प्रति आभर व्यक्त गरे । उपाधि धारी टोलीका कप्तान प्रेम भण्डारीले एकै टीममा रहेर खेल्न पाऊदा खुसी लागेको बताए ।
त्यस्तै एनभीसी भलीवल कल्व युएईका अध्यक्ष तथा पूर्व राष्ट्रीय खेलाडी ईश्वर घमालले सबैले उच्च मनोवल र अनुशासनको पालन गरे खेलको विकाश हुने बताए । उपविजयी टोलीका लवन घोतानेले आफ्नो टोलीले ठुलो मेहेनेत र आपासी समझदारीमा खेलको कारण फाइनल प्रबेश गर्न सफल भएको बताए ।
प्रतियोगितामा कालीगण्डकीका ऊत्तम श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, एन आरएनएनसीसी युएईका युवा संञ्जाल प्रमुख नवीन पौडेलको उपस्थितीमा सेन्चुरी वीकाश वैकमा नया योजना समेत सुरु गरियो ।
प्रमुख अतिथी तथा आईएमी रीया जीसीसी प्रमुख सरोज वस्नेतुले पुरस्कार प्रदान गदै सहयोग गर्ने सबैप्रति धन्यबाद ज्ञापन गरे । समाजका संरकक्ष श्री कृष्ण ढकालको प्रतियोगिता सम्पन्न गर्न विशेष भुमिका रहेको थियो भने एभरेस्ट युएइ मार्सल आर्ट क्लबको भुमिका रहेका थियो । आयोजक समुहमा रहेका उपाध्यक्ष राजेश श्रेष्ठ, सुरेन जि सी, महासचिव केदार कुवेर रहेका थिए । यसै गरी पुस्पराज, सचिव विकास अधिकारी, लगयत सरोज वस्नेतको पनि प्रतियोगिता आयोजनामा भुमिका रहेका थियो । यसैगरी पूर्व खेलाडी हिरालाल श्रेष्ठको पनि प्रतियोगिता आयोजनामा उल्लेख्य भुमिका रहेको थियो ।

Comment