डिपीएफसी सञ्चालनमा

dinesh
कालीमाटी चोकमा डिभाइन फिजिकल फिट्नेस सेन्टर (डिपीएफसी) शनिबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले सेन्टरको एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरे ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव एवं पूर्व मिस्टर नेपाल दिनेश राजभण्डारी, संघका सदस्य एवं वल्र्ड बडिविल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स फिट्नेसका जज सुनील राजकर्णिकार तथा स्थानिय (कालीमाटी) अजय महर्जनले सेन्टर खोलेका हुन् । करिब ८५ लाखको लागतमा सेन्टर सञ्चालन गरिएको राजभण्डारीले जानकारी गराए ।
सेन्टरमा व्यायामका अलावा जुम्बा फिट्नेस (डान्सको माध्यबाट तन्दरुस्त रहने विधि) को पनि सुविधा उपलब्ध छ । जुम्बाको पाटो जुम्बा इन्टरनेसनल सर्टिफाइड इन्स्ट्रक्टर परिशा राजभाण्डारीले हेर्ने छिन् भने व्यायामतर्फ रुजेश शाहीले जिम्मेवारी समहाल्नेछन् ।
उद्घाटनका अवसरमा सदस्य–सचिव लामाले सम्बन्धित क्षेत्रकै व्यक्तिले सञ्चालन गरेको हुनाले सेन्टरले चाँडै प्रगति गर्ने धारणा राखे ।
सञ्चालक राजभण्डारीले अन्तर्राष्ट्रिय प्रतियोगतामा सहभागी हुने शारीरिक सुगठनका खेलाडीलाई बन्द प्रशिक्षण शिविर निशुल्कप्रदान गरिने प्रतिबद्धता जनाए ।

Comment