सेनालाई टिम स्पर्धामा तीन स्वर्ण

नेपाली सेनाको टिमले राखेप च्याम्पियनसिप अन्तरगत भएको तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको टिम स्पर्धामा तीन स्वर्ण हात पारेको छ ।शुक्रबार सम्पन्न टिम स्पर्धाको फ्वाईल तर्फ नेपाली सेनाको टिमले पुरुष र महिला दुवै तर्फ जित हात पार्दै स्वर्ण प्राप्त गरेको हो । उसले पुरुष तर्फ मध्यमाञ्चललाई ४५ – ३८ अंकले पराजित ग¥यो भने महिला तर्फ एपिएफलाई ४५ – ३३ अंकले पछाडी पा¥यो । पुरुष तर्फ एपिएफ र महिला तर्फ मध्यमाञ्चलले कास्य पदकमा चित्त बुझाए ।
यस्तै सेनाको टिमले ईपी महिला टिममा पनि मध्यमाञ्चललाई ४५ – २७ अंकले पछी पार्दै स्वर्ण हात पार्न सफल भयो । तेश्रो स्थानमा एपिएफ रह्यो । पुरुषको ईपी टिम तर्फ एपिएफले मध्यमाञ्चललाई ४५ – ३८ अंकले पछि पार्दै स्वर्ण कब्जा ग¥यो । सेनाको टिम पुरुष तर्फ कास्यमा चित्त बुझाउन बाध्य भयो ।
शुक्रबारै भएको फ्वाईल ब्यक्तिगत स्पर्धाको पुरुष तर्फको खेलमा सेनाका राजन राज खड्काले एपिएफका महेश प्रसाद भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा मध्यमाञ्चलका जीवन श्रेष्ठ र एपिएफका शेरसिंह ऐरी रहे ।
यस्तै महिला तर्फको फ्वाईल व्यक्तिगत स्पर्धामा सेनालेनै बाजी मा¥यो । सेनाकी सुनिता बुढाथोकीले स्वर्ण हात पार्दा एपिएफकी मन्दिरा थापाले रजतमा चित्त बुझाईन् । एपिएफका उर्मीला माझी र अनिता अधिकारीले कास्य पदक पाए ।
Comment