अनिता र जंगलाइ स्वर्ण

एपिएपका अनिता कार्की महिला तर्फ र जंग गिरीले पुरुष तर्फ राखेप च्याम्पियनसिप अन्तरगत तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनीहरुले ईपी विधा अन्तरगत आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फ सेनाकी ईन्दिरा पौडेलले रजत र सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले कास्य पाए ।
तीन दिने प्रतियोगिताको पुरुष तर्फ सेनाका दिपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपिएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर के.सी.ले कास्य पाए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रम विच उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाली सेना, एपिएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरि ९६ खेलाडीहरुको उपस्थिती रहेको छ ।
Comment