एमिनिटी च्याम्पियन

एमिनिटीइङलिस स्कुलले चौथो भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय तेक्वान्दो (आईटीएफ) प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
गठ्ठाघरमा भएको प्रतियोगितामा एमिनिटीले ४ स्वर्ण, ७ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको चाणक्या इङलिस स्कुलले ३ स्वर्ण र २ रजत हात पा¥यो ।
भक्तपुर जिल्ला तेक्वान्दो (आईटीएफ) संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा चाणक्याका साजन सत्याल तथा महिलामा करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीकी सन्जिता लामा उत्कृष्ट खेलाडी चुनिए ।
एकदिने प्रतियोगितामा विभिन्न ६ विद्यालयका ६५ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकका अध्यक्ष आशिष कार्कीले जनाएका छन् ।

Comment