आईटीएफ खेलाडी छनोट पूरा

राष्ट्रिय टिम तयारीका लागि हुने राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा सहभागी हुने मध्यमाञ्चल खेलाडीको छनोट सोमबार सम्पन्न भएको छ ।
माघ १६ देखि १७गतेसम्म काभ्रेमा हुने राष्ट्रिय प्रतियोगिताकालागि ८ पुरुष र ५ महिला गरी जम्मा १३ खेलाडी छनोट भएको आयोजक भक्तपुर तेक्वान्दो (आईटीएफ) संघका अध्यक्ष आशिष कार्कीले जनाएका छन् । प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडी राष्ट्रिय प्रतियोगितालाई छानिएका हुन् ।
गठ्ठाघरमा भएको एकदिने छनोट प्रतियोगिताको पुरुष ४६–५० केजीमा प्रज्ज्वल गड्तौला, ५१–५५ केजीमा रोशन आचार्य, ५६–६० केजीमा मनोज थापा मगर, ६१–६५ केजीमा डेविड घले, ६६–७० केजीमा निरोज राना मगर, ७१–७५ केजीमा हनोक सुब्बा, ७६–८० केजीमा चाउची डंगोल तथा ८० केजीमाथि राजन महर्जन पहिलो भए ।
त्यस्तै महिलाको ४१–४५ केजीमा सोनी खड्का, ४६–५० केजीमा तुलसी थापा, ५१–५६ केजीमा अस्मिश्रेष्ठ, ५६–६० केजीमा सिर्जना तामाङ र ६१–६५ केजीमा सिर्जना राईले शीर्ष स्थान ओगटे ।

Comment