पोखरा उमावि पोखरामा ं हिसान स्पोर्टस् मिटको च्याम्पियन

pokhara hissan sports meet
पोखरा
पोखरा उमावि हिसान कास्कीको आयोजनामा पोखरा रड्डशालामा सञ्चालित आठौँ हिसान स्पोर्टस् मिट २०७१ को च्याम्पियन बनेको छ। आइतबार भएको समापनमा छात्रछात्रा भलिबलमा प्रथम तथा टेबलेटनिसमा छात्र सिड्डलमा तृतीय र छात्रा सिड्डलमा दोस्रो भएको पोखरा उमावि समग्रमा १६ अड्ढ जोड्दै च्याम्पियन बनेको हो। प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक माया राईले विद्यालयलाई रनिङशिल्ड ट्रफी हस्तान्तरण गरेकी थिइन्। यस्तै माउण्ट अन्नपूर्ण उमावि १५ अड्ढसहित दोस्रो र माउण्ट अन्नपूर्ण क्याम्पस १३ अड्ढसहित तेस्रो भएका छन्। गत वर्ष ग्लोबल कलेजियट उमावि भएको थियो।
आइतबार भएको छात्र भलिबलको फाइनलमा पोखरा उमाविले  माउण्ट अन्नपूर्ण क्यामपसलाई २५–१२, २५–११ र २५–१३ को सोझो सेटमा पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा पोखरा मल्टिमोडल उमाविले मदरल्याण्ड उमाविलाई २५–२३, २५–१५ र २५–१३ को सोझो सेटमा पराजित ग¥या
छात्रातर्फको फाइनलमा पोखरा उमाविले केफ उमाविलाई ३–२ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–१६ ले गुमाएको पोखरा उमाविले दोस्रो सेट २५–१० ले पक्षमा पा¥यो। तेस्रो सेट केफले १८–२५ ले गुमाउँदा चौथो सेट केफले २७–२५ ले जित्दै खेललाई दुई–दुई सेटको बराबरीमा ल्यायो तर अन्तिम सेटमा १५–१२ ले जित्दै पोखरा उमावि स्वर्णपदकको पूर्ण हकदार बन्यो।छात्रातर्फ तेस्रो स्थानको लागि भएको खेमा माउण्ट अन्नपूर्ण उमाविले स्टेप बाई स्टेप उमाविलाई २५–११ र २५–१० को सोझो सेटमा पराजित ग¥यो।
भलिबलमा छात्रतर्फ पोखरा उमाविका सविन बरुवाल र छात्रातर्फ केफ उमाविका रोजिना गुरुङ बेस्ट प्लयेर घोषित भए।
छात्रतर्फको फाइनलमा माउण्ट अन्नपूर्ण उमाविले लिटिल स्टेप उमाविलाई ५८–४३ ले पराजित ग¥यो। माउण्ट अन्नपूर्ण उमाविको जीतमा सनम पुनले सर्वाधिक २४ स्कोर गरेका थिए। तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले सगरमाथा उमाविलाई ४५–२९ ले पराजित ग¥यो।
छात्रातर्फको फाइनलमा सगरमाथा उमाविले माउण्ट अन्नपूर्ण उमाविलाई २६–१४ ले पराजित ग¥यो। माउण्ट अन्नपूर्ण उमाविको जीतमा सजनी श्रेष्ठले सर्वाधिक १६ स्कोर गरेकी थिइन्। तेस्रो स्थानको लागि भएको खेलमा केफ उमाविले ग्लोबल कलेजियट उमाविलाई २०–१८ ले पराजित ग¥यो।
बास्कटेबलमा छात्रतर्फ माउण्ट अन्नपूर्ण उमाविका डेबिन गुरुङ र छात्रातर्फ सगरमाथा उमाविका परिन्दा बेस्ट प्लयेर घोषित भए।
टेबुलटेनिस छात्रातर्फ सगरमाथा उमाविका स्वेच्छा अधिकारी प्रथम, पोखरा उमाविका कविता थापा द्वितीय, तथा सृजना उमाविका प्रज्ञा पोखरेल र सगरमाथा उमाविका कविता अधिकारी तृतीय भएका छन्।
डबल्सतर्फ सृजना उमाविका प्रज्ञा पोखरेल र कृति राजभण्डारीको जोडी प्रथम, ग्लोबल कलेजियट उमाविका शर्मिला गुरुङ र करिश्मा गुरुङको जोडी द्वितीय, सगरमाथा उमाविका स्वेच्छा अधिकारीको जोडी तथा छायाँ थापा तथा माउण्ट अन्नपूर्ण क्याम्पसका प्रमिला गुरुङ र इन्द्र दुराको जोडी तृतीय भएको छ।
छात्र सिड्डलतर्फ माउण्ट अन्नपूर्ण क्यामपसका अनुश कुँवर प्रथम, ग्लोबलका मोविन आचार्य द्वितीय तथा पोखरा उमाविका सागर अधिकारी र ग्लोबलका कुन्दन पन्त तृतीय भएका छन्।
डबल्सतर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अनुश कुँवर र मिलन गुरुङको जोडी प्रथम, पोखरा उमाविका सुवोध ढकाल र रमेश बनियाँको जोडी द्वितीय, एलए उमाविका सुमेश लामा र यामिल श्रेष्ठको जोडी तथा सगरमाथाका प्रकाश गुरुङ र आशिष गुरुङको जोडी तृतीय भएको छ।
विजेता तथा उपविजेता खेलाडीलाई क्षेत्रीय शिक्षा निर्देशक माया राई, कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य, क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक गोविन्द पौडेल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, स्पोर्टस् मिटका मुख्य संयोजक रमाकान्त बराल, हिसानका केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण नयौपाने, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, प्रायोजक जगदीश गौतम, लिटिल स्टेप उमाविका प्रिन्सिपल शेरबहादुर गुरुङ, टेबलटेनिस खेल संयोजक उत्तम जोशी, बास्केटबल खेल संयोजक राजु कायस्थ, भलिबल खेल संयोजक दिवाकर जैसी, हिसान कास्कीका निवर्तमान उपाध्यक्ष कृष्णबहादुर केसीलगायतले पुरस्कार वितरण गरेका थिए।
हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी शर्माले स्वागत र सचिव याम रोकाले कार्यक्रम सञ्चालन गरेका थिए।
हिसान कास्कीमा संलग्न ४५ उच्च माविका कक्षा ११ र १२ मा अध्ययनरत झण्डै एक हजार पाँच सय विद्यार्थी सहभागी सहभागी स्पोर्टस् मिटमा बास्केटबलमा छात्रतर्फ २०, छात्रातर्फ ८, भलिबलमा छात्रतर्फ १६, छात्रातर्फ १३ टीमको सहभागिता रहेको छ। यस्तै टेबलटेनिसमा छात्र डबलतर्फ १९, सिड्डलतर्फ २१, छात्रा डबलतर्फ १० र सिड्डलतर्फ १४ टीमको सहभागिता रहेको थियो।

Comment