जुम्ला–रारा अल्ट्रा म्याराथन असोजमा

ultra marathon[ress conferenses
हिमालयन म्याराथन क्लब, नेपालको आयोजनामा जुम्ला–रारा अल्ट्रा म्याराथन असोज २४ गते हुने भएको छ ।
म्याराथनमा पुरुष र महिला गरी अनुमानित १ सय ५० प्रतिस्पर्धीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष चेतनराज गिरीले जानकारी गराए । म्याराथनको दूरी ४२.७२३ किलोमिटर रहनेछ ।
पुरुष÷महिलामा पहिलो हुनेले ३५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि दसौं स्थानमा रहनेले समान ३ हजार नगद पुरस्कार हात पार्नेछन् ।
भेट्रान्स ४० वर्षमाथि पनि पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । प्राविधिक संयोजकमा हरिबहादुर रोकाया रहेका छन् ।

Comment