ब्याडमिन्टन टोली भारत जाने

badminton team
सइद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली आइतबार भारतको लखनउ जाने भएका छन् ।
जनवरी २० देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा रत्नजित तामाङ, विकास श्रेष्ठ र दीपेश धामीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स र डबल्समा खेल्नेछन् । अफिसियलमा वीरेन्द्र श्रेष्ठ तथा टिम व्यवस्थापकमा ध्रुव महर्जन रहेका छन् ।
नेपाल व्याडमिन्टन महासंघका महासचिव रामजीबहादुर श्रेष्ठका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २० हजार अमेरिकी डलर रहेको छ ।
एसियाली खेलकुदमा कांस्यसहित अन्य थुप्रै अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पदक विजेता एवं भारतका नौंपटकसम्मका राष्ट्रिय च्याम्पियन सइद मोदीको स्मृतिमा यो प्रतियोगिता हुँदै आएको छ । सइदको १९८८ मा हत्या भएको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले शनिबार बिदाइ गरे ।

Comment