भारोत्तोलन अध्यक्ष टन्डन सहायकमा मनोनित

12
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टन्डन एशियन भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल मानको सहायकमा मनोनित भएकाछन् । कतारको दोहामा जनवरी ५–६ तारिखमा सम्पन्न एशियन भारोत्तोलन महासंघको चुनावी महासभाबाट अध्यक्ष टन्डनलाई मनोनित गरिएको हो ।
यस्तै संघका महासचिव पार्थ सारथी सेन गुप्त महासंघको प्राविधिक समितिको सदस्यमा निर्वाचित भएकाछन् । उनी महासंघको डिसिप्लेनरी कमिसनका सदस्य समेत रहेका छन् । २९ देशका प्रतिनिधीहरुको प्रतिस्पर्धा रहेको उक्त निर्वाचनबाट निर्वाचित १० मध्ये गुप्त एक भएको संघले जनाएकोछ । अल्पविकसित मुलुकको प्रतिनिधित्व गर्दै उक्त समितिमा नेपाल निर्वाचित हुनुले नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिन सकिन्छ । लगातार तीन पटक उक्त पदमा गुप्त निर्वाचित हुनुले नेपाली भारोत्तोलन खेलको विकास र विस्तारलाई विश्व रङ्गमञ्चमा चिनाउन मद्धत पुग्ने संघले बताएको छ ।

Comment