ब्याडमिन्टन क्याम्प सुरु

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको संयुक्त आयोजनामा प्रथम ब्याडमिन्टन विन्टर क्याम्प शुक्रबारदेखि सुरु भएको छ ।
स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको क्याम्पमा ५० जना सहभागी छन् । आयोजक प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले क्याम्पको संयुक्त रुपमा उद्घाटन गरे । क्याम्प माघ २४ गतेसम्म चल्नेछ ।
यसैबीच प्रतिष्ठानले आयोजना गरेको किड्स क्रिकेट विन्टर कोचिङ क्याम्प शुक्रबारै सम्पन्न भएको छ । दुई सातासम्म चलेको क्याम्पमा ३० जना सहभागी थिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव लामाले प्रमाणपत्र प्रदान गरे ।

Comment