वादोकाइलाई पहिलो स्थान

sindhu photo 2 gogurio photo 2 melamchi photo 1

नेपाल गोजुरियो कराते डो संघ, शाखा डाजो सिन्धुपालचोकको आयोजनामा सञ्चालीत प्रथम खुल्ला राष्ट्रिय कराते प्रतियोगिताको उपाधि बादोकाइ करातेले जितेको छ । सिन्धुपालचोकको मेलम्चीमा भएको दुइ दिने प्रतियोगितामा बादोकाइले सात स्वर्ण पदक जित्यो । सितेरियोेले ५ स्वर्ण सहित दोस्रो तथा गोजुरियोले चार स्वर्ण पदक सहित तेस्रो स्थान पायो ।  प्रतियोगिताको पुरुष ५० किलो तौल समुहमा गोजुरियोका सुर्य मगर पहिलो भए ।
सोही तौल समुहको महिला स्पर्धामा बादोकाइकी एलीना बिक पहिलो भइन् । ५५ किलो तोल समुहमा बादोकाइकै रुपा मर्हजन पहिलो भइन् । ४० किलो तौल समुहमा गोजुरियाको दिपा थापा पहिलो भइन् । ४५ किलोमा वादोकाइकी ज्ञानु मर्हजन पहिलो भइन् । ३५ किलोमा सितेरियोकी कोपीला बाुढाथोकी पहिलो भइन् ।
महिला कातामा वादोकाइकै ज्ञानु मर्हजन पहिलो भइन् । पुरुष एकल कातामा गोजुरियोकी सेरी मगर पहिलो भए । ६५ किलोमा कुमुतेमा सितेरियोका अबीनास चौैधरी पहिलो भए ६० किलोमा सितेरियोका उर्गेन लामा पहिलो भए । ५५ किलोमा गोजुरियोका सञ्जिव लामा पहिलो भए । ४५ किलोमा वादोकाइका बिसससाल राइ पहिलो भए । ४० किलोमा सितेरियोका अनुप अधीकारी पहिलो भए । विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका सदस्य  पुरेन्द्र विक्रम लाखे, हेल्मो सिन्धु, मेलम्ची खानेपानी सुप अन्त्रगतका केन्द्रिय अध्यक्ष उपेन्द्र तामांग र नेपाल गोजुरियो कराते संघका अध्यक्ष चन्द्र्र प्रकास घर्ती लगायतले पुरस्कार प्रदान गरे ।

Comment