राष्ट्रिय कराते शनिबार

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो जोरपाटीको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तेश्रो राष्ट्रिय खुला ल्होसार कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
जोरपाटीस्थित विद्या सागर इङलिस बोर्डिङ स्कुलमा दुईदिने प्रतियोगितामा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका प्रमुख ज्ञानबहादुर जिम्बाले जनाएका छन् ।
कुमुतेतर्फ पुरुषमा १० र महिलामा ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष÷महिलाको एकल कातामा पनि खेल हुनेछ ।

Comment