च्याम्पियन्सको सम्मान

कोरियाको मुजुमा सम्पन्न ११ औ बिश्व तेक्वान्दो कल्चरल एक्सपोमा पदक पाउन सफल आफ्ना सदस्य खेलाडीहरुलाई द च्याम्पियन्स क्लबले सम्मान गरेको छ । क्लब अध्यक्ष रमेस मगर र महासचिव रञ्जन श्रेष्ठ लगायत पदाधीकारीले सम्मान गरेका हुन् । सम्मानीत हुनेमा स्वर्ण विजेता रिमोन मर्हजन,संगीता बस्याल र प्रतिज्ञा भण्डारीको साथमा रजत पदक विजेता सुमीत्रा केसी रहेका छन् ।

Comment