साइपाल र मल्पीलाई ओमेगा कप

malpi
साइपाल एकेडेमी ‘बी’ र मल्पी इन्स्टिच्युट ‘ए’ ले प्रथम ओमेगा कप अन्तरकलेज थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । साइपाल गल्र्स र मल्पी ब्वाइजतर्फ च्याम्पियन बने । कुमारीपाटीस्थित आयोजक ओमेगा इन्टरनेसनल कलेजको कोर्टमा भएको गल्र्सको फाइनलमा साइपाल ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई १८–८ ले पराजित ग¥यो । साइपालको जितमा माया राईले ९, श्रेया खड्काले ५ र सविना मगरले ४ अंक योगदान गरे ।
चार वर्षअघि गल्र्स बास्केटबलमा सहभागी भएएता साइपालको यो समग्रमा २८ औं उपाधि भएको साइपालका प्रशिक्षक विनोद बुढाथोकीले जानकारी गराए ।
ब्वाइजको फाइनलमा मल्पीले नासा ‘बी’ लाई १३–१० ले हरायो । मल्पीका सौगात बानियाँले ७, विजय मगरले ४ तथा कर्मा सोनाम गुरुङले २ अंक जोडे । मल्पीका प्रशिक्षक रोविन खत्रीका अनुसार यो वर्ष मात्र मल्पीले उपाधि जितेको लगातार पाँचौंपटक हो ।
ब्वाइजमा मल्पीका कर्मा सोनाम गुरुङ र गल्र्समा साइपालकी श्रेया खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।विजेतालाई मनाङ समाज समितिका अध्यक्ष मानबहादुर गुरुङले पुरस्कृत गरे । सोमबारदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment