कक्षपतिलाई ए श्रेणिको लाइसेन्स

1(3)
नेपाल मुवाँ संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले अन्तर्राष्ट्रिय प्रशिक्षक एवं ट्रेनरको ए श्रेणिको लाइसेन्स प्राप्त गरेका छन् ।
कक्षपति ए लेभलको अन्तर्राष्ट्रिय मुवाँथाई प्रशिक्षकको लाइसेन्स पाउने एक मात्र नेपाली प्रशिक्षक भएको स्वयं कक्षपतिले जनाएका छन् । उनले विश्वमुवाथाईं महासंघ (डब्लुएमएफ) बाट प्रमाणपत्र समेत प्राप्त गरेको बताइएको छ ।

Comment