रसिलालाई इन्डोनेसियामा सफलता
Manoj Shiama
27 July, 2017 7:01 am
नेपाली खेलाडी रसिला महर्जनले ईन्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एशिया जुनियर च्याम्पियनसिप २०१७ मा मंगालियाकी खेलाडी खेरलेन दारखान बातारलाई पराजित गर्दै पहिलो चरणको खेलमा सफलता हात पारेकी छिन् । महर्जनले दारखानलाई २१÷९, २१÷१५ ले जित हात पार्न सफल भएकी नेपाल ब्याडमिन्टन संघले जनाएको छ । महर्जनले दोश्रो चरणमा बिहिबार थाईल्याण्डकी चनाचिदा जुचारियोन संग प्रतिस्पर्धा गर्नेछिन् । बुधबारनै भएको पुरुष जुनियर तर्फको खेलमा नेपालका तीन खेलाडी प्रफुल महर्जन, रुकेश महर्जन र पविन लिनथेपले पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भएका थिए ।