सिद्धि र श्रीभक्त क्लब क्वाटरफाइनलमा प्रवेश

bhaka bad
सिद्धि व्याडमिन्टन क्लब र श्रीभक्त व्याडमिन्टन क्लब भक्तपुरमा जारी तेश्रो शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी रनिङ्ग शिल्ड व्याडमिन्टन प्रतियोगिताको टिम ईभेन्टस्मा क्वाटरफाइनल प्रवेश गरेका छन्  । सिद्धिले आयोजक व्यासी व्याडमिन्टन क्लबलाई २–०ले पराजित ग¥यो । अर्को खेलमा श्रीभक्तले नेपाली काँग्रेस मध्यपुर नगर खेलकुद समितिलाई २–०लेनै पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
व्यासी क्लबद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनल पुग्ने अन्य टिममा स्वीट संगम क्लब र युवा उत्थान समाज रहेकाछन् । स्वीटले सिद्धि गणेश खेलकुद समितिलाई २–०ले र युवा उत्थानले न्यु युनिटीलाई २–१ले पराजित गर्दै क्वाटरफाइन प्रवेश गरे ।
आईतवारनै भएको १६ बर्ष मुनीको मा.बि.स्तरिय छात्र एकल ब्याडमिन्टन प्रतियोगितामा प्रभात ई. उमाबिका ब्रुजन बासुकलाले सुप्रिम एकेडेमीका साज अदवालाई २१–९ र २१–१२ ले पराजित गरे । यसैगरि सामुदायिक ई. स्कुलका रोम्वस शिल्पकारले मेरी गोल्डका सुदीप खत्रीलाई २१–१० र २३–२१ले र रोशन बैद्यले प्रोक्सीमा एकेडेमीका रोशन थापालाई २–०ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भएकाछन् ।

Comment