विकास र प्रकाश क्वाटरफाइनलमा

Manoj Shiama
22 April, 2017 10:11 pm

विकास श्रेष्ठ र प्रकाश शेरचन पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विकासले राजु केसीलाई ४–१ तथा प्रकाशले सुदन गिरीलाई ४–२ ले पराजित गरे ।
त्यस्तै वीरेन शाक्यले विकेश राईलाई ४–१, रेगन श्रेष्ठले कुङगा लामालाई ४–०, बुद्ध लामाले दीपेन्द्र शाहीलाई ४–२, सोम लामाले गंगाराम श्रेष्ठलाई ४–१, सञ्जयकुमार मुल्मीले सोभित पोखरेललाई ४–०, अनिश महर्जनले सञ्जय तामाङलाई ४–० तथा मोती तामाङले जिमी लामालाई ४–१ ले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।